काठमाडौं । स्थानिय बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य स्थिर छ ।
चाँदी आइतबार (चैत १० गते)देखि एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










