काठमाडौँ । राजावादीहरूको प्रदर्शन बिथोलिएको छ।
निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेपछि तीनकुनेको कार्यक्रम बिथोलिएको हो।
कार्यक्रम बिथोलिएपछि तीनकुनेको अवस्था तनावग्रस्त बनेको हो।
सभाका लागि विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा आइरहेका थिए। प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो।
सभाका लागि विभिन्न ठाउँबाट राजाका समर्थकहरु भेला हुन तिनकुने आउने क्रम जारी थियो। उनीहरुको सभा सुरु नहुँदै तनाव सिर्जना भएको छ।
प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन्।














