काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यू आदेश,कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन



काठमाडौं । राजावादीहरुको आन्दोलन अनियन्त्रित र अराजक बनेपछि काठमाडौंका विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कफ्र्यू आदेशमा बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखी एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखी जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखी शंखमुल पुलसम्म, गौशाला चोकदेखी पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म तोकिएको छ ।

मिति २०८१।१२।१५ गते अपरान्ह ४ः२५ बजेदेखि मिति २०८१।१२।१५ गते रातीको लागि कफ्र्यू आदेश जारी भएको हो ।

यसैबिच सरकारले काठमाडौंको तीनकुने क्षेत्रमा सेना परिचालन गरेको छ । कर्फ्यु लगाएको क्षेत्रमा नेपाली सेनाको ट्यांकसहित सेना परिचालन गरिएको हो ।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार अहिले अवस्था हेरेर निस्किएको बताए ।

“हामीले कहाँ कहाँ के गर्दैछौँ, हामीले पत्रमार्फत् जानकारी पनि गराउछौँ । अवस्था हेरेर अघि बढ्छौँ । आगजनी भएको क्षेत्रमा हामी निस्कनैपर्ने हुन्छ । किनकि आगो नियन्त्रणमा पनि लिनुपर्ने हुन्छ,” उनले भने ।

प्रकाशित मिति : चैत्र १५, २०८१ शुक्रबार  ५ : ३८ बजे