काठमाडौँमा लगाइएको कर्फ्यु हट्यो



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको कर्फ्यु आदेश बिहान ७ बजेबाट हटेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश आज बिहानबाट स्थगन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अहिलेलाई काठमाडौंमा लगाइएको कर्फ्यु हटाइएको जानकारी दिए ।

अवस्था सामान्य रहेकाले कर्फ्यु थप्नुपर्ने अवस्था नरहेकाले हटाइएको उनले बताए ।

प्रकाशित मिति : चैत्र १६, २०८१ शनिबार  ९ : ३२ बजे