व्यक्तिगत सम्पति क्षतिको जिम्मा हिंसा भड्काउनेले लिनुपर्छ वरिष्ठ : वरिष्ठ अधिवक्ता त्रिपाठी



काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राजावादीहरुले गरेको आन्दोलन आन्दोलन नभएर उपद्रो भएको दाबि गरेका छन् । न्यु सञ्चारसँगको कुराकानिमा वरिष्ठ अधिवक्ता त्रिपाठीले यस्तो दाबि गरेका हुन् ।

कानुनि राज्यमा हिंसा, तोडफोड र आराजकता स्विकार्य नहुने उनले बताए । राजावादीहरुको हिंसात्मक आन्दोलनका क्रममा भएको ब्यक्तिगत सम्पतिको क्षतिको जिम्मा आन्दोलनकारिले लिनुपर्ने त्रिपाठीले उल्लेख गरे ।

राजावादीहरुको आन्दोलनले ज्ञानेन्द्र फेरी राजा बन्ने सम्भाबना नरहेको उनले बाबी गरे ।दुर्गा प्रसाई र पूर्वपञ्च नवराजलाई अघि सारेर ज्ञानेन्द्रले असली अनुहार देखाएको उनले बताए ।

त्रिपाठीले अहिलेको ब्यबस्थाको बिकल्प भनेको यही ब्यबस्थको सुधार भएको उल्लेख गरे ।यहि ब्यबस्थलाई सुधार गरेर मात्रै देशमा सुसासन र सम्बृद्दी सम्भब रहेको उनको भनाइ छ

प्रकाशित मिति : चैत्र १६, २०८१ शनिबार  १० : ०० बजे