पत्रकार हत्याको विरोधमा माइतीघर मण्डलामा महासंघको प्रदर्शन (तस्बिरहरु)



काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार हत्या तथा सञ्चारगृहमा गरिएको आगजनी विरुद्ध विरोध सभा गरेको छ ।

शुक्रबार राजावादी समुहले तिनकुने लगायत केही स्थानमा हिंसात्मक गतिविधी गरेका थिए । हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाएका पत्रकार सुरेश रजकको न्यायका लागि नेपाल पत्रकार महासंघले शनिबार बिहान बिरोध सभा गरेको हो ।

महासंघले स्थापना दिवसका सबै पूर्व निर्धारित कार्यक्रम स्थगित गर्दै सो विरोध सभा गरेको छ ।

तस्विरः बिजेन अमात्य, नेपाल न्यूज बैंक

प्रकाशित मिति : चैत्र १६, २०८१ शनिबार  १० : १० बजे