सरकार अख्तियारलाई तर्साएर भ्रष्टाचारका मुद्दा ढाकछोप गर्दैछ : कांग्रेस वरिष्ठ नेता पौडेल



काठमाडौं-

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार दुई तिहाईको दम्भ देखाउँदै अख्तियारलाई तर्साएर भ्रष्टाचारका मुद्दा ढाकछोप गर्न लागेको आरोप लागएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा वरिष्ठ नेता पौडेलले सरकारले भ्रष्टचारीलाई जोगाउनका लागि अख्तियारलाई तर्साउने गरेको उल्लेख गरेका छन्।

पौडेलले सरकारले दुई वर्ष बित्न लाग्दासमेत प्रदेशको राजधानी र नाम तोक्न नसकेकोमा पनि असन्तुष्टि जनाएका छन्। उनले अख्तियारलाई तर्साएर ठूला भ्रष्टाचारीलाई जोगाउने काम गरेको र वाइडबडीजस्तो अर्बौंको भ्रष्टाचार काण्डलाई समेत ढोकछोप गर्न लागेको बताएका छन्।

प्रकाशित मिति : भाद्र १८, २०७६ बुधबार  ३ : ०३ बजे