काठमाडौं-
जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन भदौ २४ गतेबाट नेपाली कांग्रेसले दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेश जागरण अभियान शुरु गर्ने भएको छ । नेपाली कांग्रेसले अभियान सफल पार्न हरेक क्षेत्रमा एकका दरले ३३० केन्द्रीय प्रतिनिधि खटाउने भएको छ ।
दोश्रो चराणको अभियान भदौ २४ गते शुरु भएर असोज ७ गते समापन हुने नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय, वीपी नगरमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाशले जानकरी दिए ।
जागरण अभियानको अन्तिम दिन कांग्रेसले बढ्दो महंगी,भ्रष्टाचार, महिला हिंसा, बलात्कार, अलोकतान्त्रिक विधेयक र कम्युनिष्ट सरकारको कुशासनका विरुद्धमा ७७ जिल्लाका सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन गर्ने छ ।
जागरण अभियानको दोस्रो चरणका कार्यक्रमहरूको स्वरुप :
-आसन ग्रहणको निश्चित संख्या (१ मिनेटभित्र आसन ग्रहण सकिने गरी)
-ठूला (केजीमा तौलिने) माला एवं व्याज रहित
-वक्ता सिमित संख्या
-बढी अन्र्तक्रियात्मक (अभियानको दोस्रो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्ने कम सुन्ने बढी प्रकृतिका कार्यक्रम निर्धारित छन् । सभा केवल एउटा तय गरिएको छ अन्तिम दिन असोज ७ गते जिल्ला स्तरीय) ।
उदेश्यहरु-
1 राष्ट्रव्यापी रुपमा पार्टी पक्तिमा सांगठनिक गति, एकता, समन्वय र हार्दिकता अभिवृद्धि गर्र्दै पार्टी सुदृढिकरणका विविध गतिविधि अघि बढाउदै पार्टी पंक्तिमा जागरण अभिवृद्धि गर्न । यस क्रममा नेपाली कांग्रेससँग एकीकरण भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका विभिन्न तहका साथीहरू एवं अन्य दलबाट प्रवेश गर्नु भएका साथीहरूसँग व्यवहारिक र भावनात्मक समन्वय अभिवृद्धि गर्दै पार्टीलाई सबल बनाउँदै अघि बढ्ने ।
2 कम्युनिष्ट सरकार बनेको दुई वर्ष समेत नपुग्दै नेपाली समाजमा जे जस्तो असन्तुष्टि, निराशा र वितृष्णाको संकेत देखिएको छ त्यसलाई गम्भीरतापूर्वक लिंदै सामाजिक संवादको माध्यमबाट समस्त जनताको विचार भावना साक्षात्कार गर्न ।
3 नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको राजनैतिक उपलव्धी एवं समृद्धिको दिशामा गरिएका काम नागरिक पंक्तिमा ब्यापक ढंगले सम्प्रेषण गर्न ।
4 वर्तमान सरकारका अनेक भ्रष्टाचार लगायत विसँगतिपूर्ण जनविरोधि कृयाकलाप बारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढंगले प्रष्ट्याउन । ९वाइड वडी, न्यारो वडी लगायत नेपाल वायुसेवा निगममा भएका भ्रष्टचार एवं भ्रष्टाचारका अन्य प्रकरणहरू०
5 नेपाली समाजमा रहेका अनेक फरक मत, संविधान या राज्यप्रणाली बारेकै विमतिहरु समेतलाई राष्ट्रिय एकताको सुत्रमा गाँस्न आवश्यक छलफल र बहष विभिन्न स्तरमा अघि वढाउन ।
6 जनता, मतदाता र नेपाली कांग्रेस पार्टीको विभिन्न तहको नेतृत्व र सदस्यहरुबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनताका अनेक मुद्दामा अग्रसरता लिएर जनताको हितमा पार्टीलाई थप समर्पित गराउन ।
७ तराई–मधेश लगायत मुलुकको कतिपय भू–भागमा रहेका असन्तुष्टिहरुको समाधान सूत्र विगतमा नेपाली कांग्रेसको नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्ताव नै हो, भन्ने तथ्यलाई आम नागरिकबीचमा प्रस्ट्याउँदै लोकतान्त्रिक संविधानप्रतिको जनविश्वासलाई दिगो बनाउँदै अघि बढ्ने ।
८ मुलुकको वर्तमान राजनैतिक, सामाजिक, प्रशासनिक एवं कुटनैतिक सम्बन्ध आदि बारे नेपाली बौद्धिक क्षेत्रसँग विशेष अन्तरक्रिया र सैद्धान्तिक सहकार्य अघि बढाउन ।
९ तिनै तहका सरकारलाई नागरिक हित र मुलुकको समृद्धि सम्वन्धमा निर्वाचनमा मतदातालाई दिलाएको विश्वास बमोजिम कार्य गर्न अपिल गर्दै आवश्यक दबाव बढाउन ।
१० नेपाली समाजमा केही समय यता भइरहेका “निर्मला पन्त” प्रकरण झै महिला हिंसाका अनेक घटना र प्रवृतिका विरुद्ध जनचेतना अभिवृद्धि गरी महिला सम्मान र सुरक्षा अभिवृद्धि गर्न÷गराउन ।
११ नेपाली समाजमा कतिपय ठाउँमा रहेका बोक्सी प्रथा देखि छाउपडि सम्मका अनेकौं सामाजिक विसंगतिको अन्त्यका लागि सार्थक छलफल र पहदकदमी अघि बढाउन ।
१२ भुकम्प, हावाहुरी, आगलागी, बाढी र अनेक विपदमा भएको धनजनको क्षतिमा प्रभावकारी उद्धार र पुनस्र्थापना अभियानलाई सघाउन तथा यस्तो संभावित विपदमा सर्तकता साथ काम गर्ने “स्वयंसेवी समुह” निर्माणको छलफल प्रारम्भ गर्ने ।
१३ स्वदेशसँगै विदेशमा रहेका पचास लाखभन्दा बढी नेपालीसँग आफ्नो मातृभूमिमा लोकतन्त्रको रक्षा, संघीयताको सम्बद्र्धन र समृद्धिमा सहभागीताका लागि विशेष संवाद र जागरुकता अभिवृद्धि गर्न तथा तिनको मताधिकार प्रवन्ध गर्न सर्वोच्च अदालतले सरकारलाई गरेको आदेश कार्यान्वयनका लागि दवाव बढाउन तथा वैदेशिक रोजगारीका क्रममा पछिल्लो समय बढेका बेथितीहरु अन्त्यका लागि दबाब बढाउँदै र श्रमिक नेपाली युवाहरुको पीडामा मल्हम लगाउन ।
१४ कम्युनिष्ट पार्टीको सरकार बनेयता प्रेस स्वतन्त्रता माथि बढेको हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रता कुण्ठीत गर्ने अनेक प्रयत्न आदिका विरुद्ध नेपाली प्रेस जगतसंग सहकार्य गर्दै प्रमुख प्रतिपक्षी दलका नाताले प्रेस स्वतन्त्रताको रक्षाका लागि खबरदारी गर्न ।
१५ नेपाली कांग्रेसमा समाहित हुन चाहनेहरूलाई पार्टीमा स्वागत गर्दै नयाँ सदस्यताको व्यापक वितरण गर्दै पार्टीको विभिन्न तहका लागि आवश्यक प्रशिक्षणको पूर्व तयारी गर्ने ।








