सेयर बजार ३.३५ अंकले बढेर २७०३.३९ विन्दुमा



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ३.३५ अंकले बढेर बन्द भएको हो । योसँगै बजार २७०३.३९ विन्दुमा कायम छ ।

अघिल्लो दिन ५ अर्ब ४४ करोडको कारोबार भएकोमा यस दिन ७ अर्ब ८४ करोडको कारोबार भएको छ ।

सबैभन्दा शक्तिशाली सेक्टर बैंकिङ ०.९६ प्रतिशत (१३ अंक) बढेपछि समग्र बजारको वृद्धिदर धनात्मक भएको हो । धेरैजसो सेक्टर घटेका छन् । बैंकिङका अलवा अन्य सेक्टर १.४५, हाइड्रोपावर ०.०३ र निर्जीवन बीमा ०.५९ प्रतिशत बढे ।व्यापार सेक्टर सबैभन्दा धेरै १.६६ प्रतिशत घट्यो । विकास बैंक ०.१७, फाइनान्स १.५९, होटल तथा पर्यटन ०.१२, लगानी ०.०३, जीवन बीमा ०.६६, उत्पादन ०.९८, माइक्रोफाइनान्स ०.३७ प्रतिशत घटे ।

यस दिन ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : चैत्र २१, २०८१ बिहीबार  ४ : ०६ बजे