कुलमानको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, हितेन्द्रमानलाई काम गर्ने बाटो खुल्यो



काठमाडौं, २१ चैत्र । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई काम गर्ने बाटो खुलेको छ ।

सर्वोच्च अदालतको विहीबारको आदेशपछि शाक्यले काम गर्न पाउने बाटे खुलेको हो ।

कुलमान घिसिङको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको हो ।

कुलमानसँगै हितेन्द्रदेवपनि अदालत गएका थिए । दुवैको मुद्दामा आज न्यायाधीशहरु नित्यानन्द पाण्डे र डा। कुमार चुडालको संयुक्त इजलाशले यस्तो आदेश दिएको हो । तर, अदालतले यो रिटमा अग्राधिकार दिएको छ । अब पूर्ण सुनुवाइ हुनेछ ।

प्रकाशित मिति : चैत्र २१, २०८१ बिहीबार  ६ : २५ बजे