यस्ता छन् नेपाल र थाइल्याण्डबीच भएका सम्झौताहरु



काठमाडौं । नेपाल र थाइल्याण्डबीच आपसी सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र थाइल्याण्ड सरकारबिच दुईवटा सरकारी तथा छ वटा निजी क्षेत्रसम्बन्धी सहमति गरिएको बताएका छन् ।

यस्ता छन् नेपाल सरकार र थाइल्याण्ड सरकारबिच भएका सम्झौताहरु

१। पर्यटन क्षेत्रमा सहयोग सम्बन्धी सम्झौता
२ । सांस्कृतिक सहयोग सम्बन्धी सम्झौता
निजी क्षेत्रसम्बन्धी भएका सहमति
१। नेपाल उद्योग वाणिज्य महासंघ र बोर्ड अफ ट्रेड, थाइल्याण्ड
२। नेपाल चेम्बर अफ कमर्स, पर्यटन तथा सँस्कृति प्रवर्धन समिति एवँ थाइल्याण्ड पर्यटन काउन्सिल
३। नेपाल उद्योग महासंघ र थाइ उद्योग महासंघ
४। काठमाण्डौं विश्वविद्यालय र सियाम विश्वविद्यालय
५। जनता एग्रो तथा फोरेष्ट्री लिमिटेड र कासेचार्ट विश्वविद्यालय
६। नेपाल नेत्रज्योति संघ र माहिडोल विश्वविद्यालय ।

प्रकाशित मिति : चैत्र २३, २०८१ शनिबार  ४ : २२ बजे