आन्दोलनरत शिक्षकसँग प्रधानमन्त्री तहबाटै वार्ता गर्न कांग्रेस शिक्षा विभागको माग



काठमाडौँ । शिक्षकहरूको आन्दोलनले मुलुकभरका सामुदायिक विद्यालयहरू प्रभावित भएको भन्दै नेपाली कांग्रेसको शिक्षा विभागले सरकारको ध्यानाकर्षण गराएको छ।

पार्टीको शिक्षा विभाग प्रमुखसमेत रहेका पार्टीका केन्द्रीय सदस्य नैनसिंह महरले विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

विद्यालय शिक्षा ऐन पारित गर्ने मागसहित शिक्षकहरूले सुरु गरेको आन्दोलनका कारण विद्यालयहरूको पठनपाठन प्रभावित भएको छ।

‘विभागले यसअघि भएका सहमति तथा सम्झौतालाई आधारमा मानी आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीघ्र वार्ता संवादको पहल थाल्न नेपाली कांग्रेस शिक्षा विभाग नेपाल सरकारको ध्यानाकर्षण गर्दछ,’ विभागका प्रमुख महरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

शिक्षकहरूले आज (सोमवार) देखि देशभर शैक्षिक हडताल गरेका छन्।

प्रकाशित मिति : चैत्र २५, २०८१ सोमबार  १ : ५३ बजे