काठमाडौं, २० भदौ –
प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक दिव्यासिंह शाहले प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अहिले सामान्य भएको स्पष्ट पारेकी छिन् ।
उनले जारी गरेको विज्ञप्तीअनुसार प्रधानमन्त्रीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई हटाउने वैज्ञानिक विधि प्लाज्मा फेरिसिस पूरा भएको छ । त्यस्तै उनले प्रधानमन्त्री ओलीले नियमित कामलाई निरन्तरता दिन सक्ने पनि बताएकी छिन् ।
मिर्गौलासम्बन्धी एन्टिबडी बढेपछि प्रधानमन्त्री ओली गत भदौ ५ गते उपचारका लागि सिंगापुर गएका थिए।
मिर्गौलाको थप उपचारका लागि भदौँ ५ गते सिङ्गापुर गएका प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न स्वदेश फर्किएका हुन । प्रधानमन्त्री ओलीको सिङ्गापुरमा ‘प्लज्मा फेरेिसस’ प्रक्रियाबाट मिर्गौलाको थप उपचार गरिएको थियो ।








