काठमाडौं । राष्ट्रिय वनस्पति उद्यान ललितपुर जिल्लाको गोदावरीमा अवस्थित छ ।
राष्ट्रिय गौरव स्थलका रूपमा चिनिने गोदावरी वनस्पति उद्यान दुर्लभ, लोपोन्मुख, रैथाने वनस्पतिहरूको संरक्षण तथा संवद्र्धनको लागि स्थापना गरिएको थियो ।
यहाँ करिब ५५० भन्दा बढि वनस्पतिहरूको संरक्षणका साथै उत्पादन तथा अनुसन्धान पनि गरिन्छ ।

























