सुनको मूल्य सामान्य घट्यो, तोलामा कति पूग्यो ?



काठमाडौँ । स्थानिय बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ ।

यस दिन छापावाल सुनको मूल्य १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।सोमबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : चैत्र २६, २०८१ मंगलबार  ११ : १८ बजे