मंगलबार सेयर बजार ३.४४ अंकले घटेर २६६६.६१ विन्दुमा



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) मंगलबार ३.४४ अंकले घटेको छ । कारोबार रकम घटेर २६६६.६१ विन्दुमा बन्द भएको छ । ।

यस दिन पाँच अर्ब ३० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

बैंकिङ ०.३०, विकास बैंक ०.१६, होटल तथा पर्यटन ०.४८, हाइड्रोपावर ०.४९, लगानी ०.२५, जीवन बीमा ०.१७, माइक्रोफाइनान्स ०.०८ र अन्य ०.५७ प्रतिशत घटे । तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । आजदेखि कारोबारमा आएको नेपाल माइक्रो इन्स्योरेन्स, बोटलर्स नेपाल बालाजु र विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । बाराही हाइड्रोपावरको ५.८५, सामुदायिक लघुवित्तका ४.६२ प्रतिशत मूल्य घट्यो ।

१२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : चैत्र २६, २०८१ मंगलबार  ४ : ३७ बजे