टानको निर्बाचनबाट अध्यक्षमा खुमबहादुर सुवेदी सहित कांग्रेस निकट प्रजातान्त्रिक समूह बिजयी



काठमाडौं-

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को  हिजो सम्पन्न  निर्बाचनबाट नयाँ कार्यसमितिको अध्यक्षमा नेपाली कांग्रेस निकट प्रजातान्त्रिक समूहका खुमबहादुर सुवेदी विजयी भएका छन्।

उनले वामपन्थी समूहबाट प्रत्यासी बनेका अञ्जान थापालाई पछि पारेका हुन्। सुवेदीले ५२१ मत ल्याएका थिए भने थापाले ४३८ मत प्राप्त गरेका थिए। सुवेदी ८३ मतान्तरसहित नयाँ अध्यक्ष बनेका छन्।

 

 

वरिष्ठ उपाध्यक्ष नवीन त्रिताल, प्रथम उपाध्यक्ष चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्ष भरत सापकोटा कोषाध्यक्ष ऋतु ग्यामदान (तामाङ), लगायत बहुमत सदस्यहरु पनि नेपाली कांग्रेस निकट प्रजातान्त्रिक समूहबाट निर्बाचित भएका छन ।  सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ, महिला सदस्य ङिमा दिकी शेर्पा, सदस्यमा सोनाम ग्याल्जेन शेर्पा, सिक्बिर घले, कान्छा शेर्पा, सनम शेर्पा, प्रेमबहादुर लामा, ठाकुरप्रसाद सापकोटा, मिङमा तेञ्जिङ शेर्पा र रामबहादुर गुरुङ चयन भएका छन्।

केहि सदस्यहरु सहित महासचिवमा सरिता लामा र सचिवमा दामोदर ढकाल वामपन्थी समूहबाट निर्बाचित भएका छन ।

टानको निर्बाचन शुक्रबार सम्पन्न भएको हो । नयाँ नेतृत्वका लागी भएको निर्वाचनमा ९८१ मत खसेको थियो। देशै भरिका ट्रेकिङ एजेन्सीहरु आबद्द टानमा एक हजार ३१९ प्रतिनिधि छन्।

नेपालको पर्यटन ब्यबसायको प्रबर्धनका लागी टानले नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।

निर्बाचन परिणाम-

प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार  ४ : २७ बजे