काठमाडौँ । स्थानिय बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सूनको मूल्य २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाला सुन प्रतितोला मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ पुगेको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४०० रुपैयाँ रहेको थियो ।
यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकोे छ ।














