काठमाडौं ।राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको ‘संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ‘जनकमाण्डरु समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।
झापाको काकडभिट्टाबाट प्रहरीले प्रसाईंलाई शुक्रबार बिहान नियन्त्रणमा लिएको हो।
चैत्र १५ गते तीनकुने घटनापछि फरार रहेका उनको खोजी कार्य नेपाल प्रहरीले गरिरहँदा उनले भने बिहीबार भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।
प्रसाईँलाई काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गराइएको छ। प्रहरीले अहिले उनलाई स्कटिङ गरी भद्रपुर विमानस्थल लगिरहेको छ भने उनलाई केहीबेरमै बुद्ध एयरको जहाजमा काठमाडौँतर्फ लगिँदैछ।
प्रसाईंलाई मेची पुलबाट कालो सिसा भएको निजी गाडीमा राखेर प्रहरीले भद्रपुर विमानस्थल लगेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो।









