प्रसाईँलाई काठमाडौँ जिल्ला अदालत लगियो



काठमाडौँ । आसाममा पक्राउ भई झापा हुँदै काठमाडौँ ल्याइपुर्‍याएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौँ जिल्ला अदालत लगिएको छ।

उनलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पुर्‍याइएको हो ।

भारतबाट पक्राउ परेका प्रसाईंलाई केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।

चैत १५ गते तीनकुने घटनापछि फरार रहेका उनको खोजी कार्य नेपाल प्रहरीले गरिरहँदा उनले भने बिहीबार भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।

प्रकाशित मिति : चैत्र २९, २०८१ शुक्रबार  २ : ३७ बजे