मंगलबार सुनको मूल्य घट्यो, तोलामा कति पूग्यो ?



काठमाडौँ । मंगलबार सुनको मूल्य घटेर कारोबार भएको छ ।

मंगलबार १७०० रुपैयाँ घटेर कारोबार भएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार घटेर १९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २, २०८२ मंगलबार  ११ : ३९ बजे