झापा –
झापाका दुइ स्थानमा गराइएको बम विस्फोट घटनाको जिम्मेवारी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले लिएको छ। विप्लव नेकपाका झापा जिल्ला सेक्रेटरी मनिषले पत्रकारलाई फोन गर्दै बम विस्फोट गराएको घटनाको जिम्मेवारी लिएका हुन्।
जनताको पैसामा मस्ती गर्ने जनप्रतिनिधि, कर्मचारी र सहकारीका व्यक्तिलाई जनताकै माग अनुसार कारबाही स्वरूप गौरादह नगरपालिकाको गाडी र बिर्तामोडको सहारा नेपाल सहकारी संस्थाको भवनलाई लक्षित गरी बम विस्फोट गराइएको जिल्ला सेक्रेटरी मनिषले पत्रकारलाई बताए










