काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से परिसूचक) आइतबार ३.४४ अंकले घटेर २६२०.३९ विन्दुमा बन्द भएको हो ।
यस दिन ९ अर्ब २४ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बैंकिङ ०.१०, विकास बैंक ०.०६, होटल तथा पर्यटन ०.०४, उत्पादन ०.६२ तथा निर्जीवन बीमा ०.२३ प्रतिशत बढे ।तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेपाल माइक्रोइन्स्योरेन्स, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढेको हो ।त्यस्तै अपरसोलु हाइड्रो इलेक्ट्रिकको ९.८४, तथा सपोर्ट माइक्रोफाइनान्सको ९.०४ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो ।
यस दिन ११७ कम्पनीको सेयर मूल्य बढ्योको छ भने १२८ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।














