काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से परिसूचक) घटेको छ । आज नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ विन्दुमा पूगेको हो ।
यस दिन सात अर्ब ६३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
सबैभन्दा बढी व्यापार समूहको उपसूचक ५१ अंक (१.१३ प्रतिशत) ले घटेको छ भने फाइनान्स र उत्पादनमूलक समूह पनि करिब १ प्रतिशतले घटेका छन् ।सिटिजन्स सुपर ३० म्युचुअल फन्डको इकाई पनि १० प्रतिशतले बढेको छ । हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।
आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको सेयर मूल्य घटेको र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।














