नेपालजञ्ज आक्रमण विरुद्ध काँग्रेसले काठ्माण्डौमा प्रदर्शन गर्ने, सहभागी हुन सबैलाई आह्वान



काठमाडौँ –

नेपाली काँग्रेसले नेपालजञ्जमा बिहीबार भएको आक्रमणका विरुद्ध काठ्माण्डौमा विरोध प्रदर्शन गर्ने भएको छ ।

काठमाडौ, ललितपुर र भक्तपुरका जिल्लाको अगुवाइमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन सहित काँग्रेसले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको हो ।उक्त बिरोध प्रर्दर्शनमा सहभागी हुन पत्रकार सम्मेलन मार्फत नेपाली काँग्रेसले सबैलाई आह्वान गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै घटनाको विरोध गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जानकारी दिए ।पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘यो घट्नाले राजनीतिक प्रवृति देखिएको छ ,नेपाली काँग्रेसले यसको शसक्त विरोध गर्छ ’ ।  गृहमन्त्रीको ध्यानाकर्षण गराउन भोलि बिहान ८ बजे ज्ञापनपत्र बुझाइने र काठमाडौं, ललितपुर र भक्तपुर कांग्रेस जिल्ला सभापतिहरुको नेतृत्वमा भोलि दिउँसो ३ बजे माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको पत्रकार सम्मेलनमा शर्माले जानकारी गराए।

शुक्रबार मात्रै बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा भएको नेपाली कांग्रेसको हिमाल, पहाड, तराई राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रममा नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेका थिए ।

कांग्रेसका सबै शिर्ष नेताहरुले यस अघी नै उक्त घटनाको भर्तसना गर्दै दोशिलाई कडा कार्बाही गर्न माग गरेका थिए ।

कांग्रेस बाँकेले घटनामा संलग्नलाई पक्राउ गरेर कडा भन्दा कडा कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिइसकेको छ ।

तेस्तै नेपाली कांग्रेस केन्द्रिय कार्यलयले हिजै बिज्ञप्ती निकालेर घटनाको भर्तसना गरेको थियो ।

प्रकाशित मिति : भदौ २७, २०७६ शुक्रबार  ८ : २३ बजे