काठमाडौँ । सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत रहेको बताएको छ।
सरकारले पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी तथा अन्य नेपालीहरू सम्पर्कमै रहेको समेत जनाएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेको हो।
पाकिस्तानस्थित नेपाली राजदूतावासले पाकिस्तान पुगेका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको दाबी मन्त्रालयको छ।
सहयोग आवश्यक परेमा इस्लामावादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न समेत मन्त्रालयको आग्रह गरेको छ।
पहलगाम हमलापछि भारत र पाकिस्ताबिच तनाव बढ्दो क्रममा छ।










