काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य घटेको छ ।
यस दिन सूनको मूल्य प्रतितोला तीन हजार ७०० रुपैयाँ घटेको हो ।
आज सुन प्रतितोला एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य १० रुपैयाँ घटेर एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














