रवीन्द्र मिश्रलाई पक्रनुको कारण देखाउन सर्वोच्चको आदेश



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण देखाउन सर्वोच्चले आदेश जारी गरेको छ।

बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले मिश्रलाई पक्राउ गरी हिरासतमा राख्नुको कारण देखाउन आदेश जारी गरेको हो।

काठमाडौँ जिल्ला अदालतले उनलाई पक्राउ गरी म्याद थप गर्न अनुमति दिँदै आएको छ।

मिश्रसहितलाई सर्वोच्च अदालतमा उपस्थित गराउन पनि आदेशमा भनिएको छ।

मिश्रलाई ८ पटक म्याद थप गरी हिरासतमा राखिँदै आएको छ।

सरकारले गैरकानुनी थुनामा राखिएको दाबी गरेर उनकी पत्नी सारिका कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

मिश्र पक्राउ परेको ४५औँ दिन पत्नी सारिका मंगलबार थुनामुक्त गर्न आदेश माग गर्दै बन्दीको निवेदन लिएर सर्वोच्च पुगेकी थिइन्।

प्रकाशित मिति : बैशाख ३१, २०८२ बुधबार  ३ : २५ बजे