डडेल्धुरामा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डको पुतला दहन



डडेल्धुरा,

डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुतला दहन गरिएको छ ।

बाँके घटनाका दोषीलाई कडाभन्दा कडा कारवाही गनुपर्ने माग गदै आइतबार कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओली र प्रचण्ड विरुद्ध नाराबाजी गर्दै पुतलादहन गरेको हो ।

जिल्ला सदरमुकाम भीमदत्त चोकको बीच सडकमा उनीहरुको पुतला दहन गरिएको हो ।बाँके आक्रामणको विरोधमा कांग्रेसले ओली र प्रचण्डको पुतला दहन गरेको कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जानकारी दिए ।उक्त घटनाका दोषीलाई कडाभन्दा कडा कारवाही गनुपर्ने उनको माग छ । उनले सभा भइरहेको ठाउँमा चोरेर आक्रमण गर्नुभन्दा स्थान तय गरेर नेकपासँग लड्न तयार रहेको उनले बताए । जिल्ला सभापति मल्लले प्रजातन्त्रविरोधी क्रियाकपाल रोख्नसमेत सरकारलाई आग्रह गरेका छन् ।

जागरण अभियानका क्रममा बाँकेमा जिल्ला सभापति किरण कोइरालालगायतका कांग्रेस कार्यकर्तामाथि आक्रामण भएको थियो ।

प्रकाशित मिति : भाद्र २९, २०७६ आईतबार  ९ : २८ बजे