डा पौडेलले सम्हाले गभर्नरको कार्यभार



काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा। विश्व पौडेलले पदबहाली गरेका छन्।

बुधबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ ग्रहण गरेपछि पौडेल पदभार ग्रहणका लागि बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय पुगेका थिए। उनलाई राष्ट्र बैंकका कर्मचारीहरुले स्वागत गरेका छन्।

कार्यालय पुगेका उनले पदबहाली गरेका छन्। डा पौडेलले नोट छपाइका लागि नोटको डिजाइन सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : जेष्ठ ७, २०८२ बुधबार  १२ : २५ बजे