काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से परिसूचक) ७.९४ अंकले घटेको छ ।
आज नेप्से परिसूचक घटेर २६६९.५१ विन्दुमा पूगेको हो ।
आज १० अर्ब ६९ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बैंकिङ ०.२५, विकास बैंक ०.१४ प्रतिशत बढे भने अरु घटेका छन् । फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.१२, हाइड्रोपावार १.०, लगानी ०.१३, जीवन बीमा ०.१५, उत्पादन ०.६८, माइक्रोफाइनान्स ०.५१, निर्जीवन बीमा ०.०१, अन्य ०.६३ तथा व्यापार ०.५१ प्रतिशत घटे ।ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सिन्धु विकास बैंकको ५.११, सप्तकोशी विकास बैंकको ४.७४, सांग्रिला डेभलपमेन्ट बैंकको ४.२५ तथा एनएलजी इन्स्योरेन्सको ४.१२ प्रतिशत मूल्य बढ्यो ।
आज ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।