बिहिबार सेयर बजार १९.०४ अंक बढेर २६८८ विन्दुमा



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से परिसूचक) १९.०४ अंक बढेर बन्द भएको छ ।

आज परिसूचक ०.७१ प्रतिशत बढेर २६८८.५५ विन्दुमापूगेको हो । यसदिन नौ अर्ब ८२ करोड २० लाख रुपैयाँमा सेयर कारोबार भएको छ ।

बैंकिङ सेक्टरका अलवा आज माइक्रोफाइनान्स २.५८ प्रतिशत बढ्यो । निर्जीवन बीमा स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.६० प्रतिशत घट्यो । त्यस्तै विकास बैंक ०.२३, फाइनान्स ०.४६, हाइड्रोपावर १.१०, लगानी ०.३९, जीवन बीमा ०.१५, उत्पादन तथा प्रशोधन ०.३८, अन्य ०.१३ र व्यापार ०.८१ प्रतिशत घटे ।ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो ।

यस दिन १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ ८, २०८२ बिहीबार  ४ : ४० बजे