काठमाडौं । धितोपत्र दोस्रो बजार मापकसेयर बजार (नेप्से परिसूचक) ५.२१ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २७४५ विन्दुसम्म पुगेको थियो । तर, अन्तिममा बजार घटेर २६७४.७६ विन्दुमा बन्द भएको छ ।
आज सात अर्ब ५८ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बैंकिङ ०.१७ र उत्पादन तथा प्रशोधन समूह ०.७९ प्रतिशत बढे । यी दुई बाहेक सबै सेक्टर घटे । विकास बैंक ०.२७, फाइनान्स ०.१२, होटल तथा पर्यटन ०.९१, हाइड्रोपावर ०.०६, लगानी ०.१५, जीवन बीमा ०.२०, माइक्रोफाइनान्स १.५०, अन्य ०.४८ तथा निर्जीवन बीमा ०.३२ प्रतिशत घटे ।
आज ९२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।














