मन्त्रीहरुको बिदेश मोह : स्वास्थ्य मन्त्री यादव एकै वर्षमा २५ पटक विदेश



काठ्माण्डौ-

देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए ।

दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरुमा अहिले डेंगीसँगै स्क्रबटाइफस लगायतका बिरामीको चाप बढिरहेको छ ।

तर स्वास्थ्यमन्त्री यादव भने विदेश सयरमा जान लागेका छन् । त्यो पनि दुई साताका लागि ।

उनले २०७५ जेठमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अलिहेसम्म पटकपटक विदेश भ्रमण गरिसकेका छन् ।

एक वर्षको अवधिमा उनी २५ पटकभन्दा बढी विदेश सयरमा निस्किएको मन्त्रालय स्रोतको भनाइ छ । यो समाचार आजको नागरिक दैनिकमा सुनिल सापकोटाले लेखेका छन् ।

प्रकाशित मिति : आश्विन १, २०७६ बुधबार  ४ : १० बजे