सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच सिंहदरबारमा छलफल जारी



काठमाडौँ । सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।

गृहमन्त्री रमेश लेखकको पहलकदमीमा दुई पक्षबीच छलफल सुरु भएको उनको सचिवालयले जानकारी गराएको छ ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको नाममा यातायात व्यवसायीहरुले आज एक दिन देशभर सार्वजनिक यातायातका साधन चलाएका छैनन् ।

गाडी नचल्दा यात्रीहरु मर्कामा परेका छन् ।

प्रकाशित मिति : जेष्ठ १९, २०८२ सोमबार  १० : ३६ बजे