नवलपुर-
कांग्रेस महामन्त्री डा . शंशाक कोईरालाले सरकार यसै गरी अघी बढे जनताले आगामी निर्बाचन पछी नेकपालाई खोज्नुपर्ने स्थितिमा पुर्याउने दाबी गरेका छन ।
आफ्नै निर्बाचन क्षेत्र नवलपुरको क्षेत्र नम्बर १ मा छेत्रिय प्रतिनिधिहरूसंग अन्त्रक्रिया गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले देशमा संस्थागत भ्रष्टाचार र सार्वजनिक सम्पत्तिको दुरुपयोग बढ्नुमा बर्तमान सरकार जिम्मेवार रहेको जिकिर गर्दै सरकारले आफुलाई नसुधार्ने हो भने सरकारसगै नेकपा पनि पत्तासाफ हुने ठोकुवा गरे ।

पछिल्लो समय नेकपा नेताहरुले गरेको संबिधान बिरोधि गतिबिधि बढेको र ब्यबस्था माथि खतरा आइलागेको टिप्पणी प्रत्रि लक्षित गर्दै कोइरालाले भने “बर्तमान ब्संबिधान र ब्यबस्था माथि कसैबाट खतरा छ भने सरकारमा रहने र संबिधान नमानेर ब्यबस्था बिरुद्द हतियार उठाउनेहरुबाटै छ अरु सबैले संबिधान मानेका छन “।
फरक प्रसङ्गमा बोल्दै महामन्त्री कोइरालाले आगामी महाधिबेशन पछी कांग्रेस भित्रको गुटबन्दी अन्त्य हुने बताए । महामन्त्री कोइरालाले देशमा कांग्रेसको बिकल्प नभएको उल्लेख गर्दै अब कांग्रेस एकजुट हुनुपर्ने समय आएकोमा जोड दिए ।
महामन्त्री कोइरालाले देशमा कांग्रेसको बिकल्प नभएको उल्लेख गर्दै कोइरालाले अब जनाताको मन जित्ने गरी काम गर्न थाल्न पनि सबैलाई आग्रह गरे ।








