संविधानको संसोधन माग गर्दै देशैभरी प्रदर्शन : तत्काल संसोधन नहुने प्रधानमन्त्री ओलिको स्पस्टोक्ती



काठमाडौं

प्रधानमन्त्री केपी ओलीले अहिले तत्काल संविधान संशोधन गर्न आवाश्यक नरहेको बताएका छन ।

टुँडिखेलमा संविधान दिवसको  कार्यक्रममा मन्तव्य दिँदै प्रधानमन्त्रीले तत्काल संविधान संशोधन हुने कुरा अस्वीकार गरेका हुन्।प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले अग्रगतिको अवरोध भएमात्र संशोधन हुने भन्दै स्पष्ट पारेका हुन्।

‘संविधानको कुन धारा, दफा वा भागमा के कति अधिकार रह्यो वा रहेन जस्ता विषय अल्झिनेभन्दा जुन बेला जे मिल्दैन, जुन अग्रगतिका लागि तगारो बन्छ त्यही बेला सोच्न सरकार तयार छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसलाई त्यही बेला विधिसम्मत ढंगले मिलाउँदैरसच्याउँदै अगाडि बढ्न सकिन्छ।

टुँडिखेलमा आज सम्पन्न  संविधान दिवस समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति थियो ।

संविधान संशोधनको माग गर्दै  प्रदर्शन –

तराई–मधेसकेन्द्रित दलहरुले भने संविधान संशोधन हुनुपर्ने माग जारी राखेका छन । ।

सरकारमै रहेको समाजवादी पार्टीले पनि संविधान संशोधन नभएसम्म संविधान दिवस नमनाउने र कालो दिन पनि नभन्ने निर्णण गरेको थियो ।

संविधानको विरोधमा शुक्रबार आदिवासीजनजाति, मधेसी, दलित, थारु समुदायका विभिन्‍न संघसंस्थाले काठमाडौंमा प्रदर्शन गर्दै संविधान संशोधन हुनु पर्ने माग गरेका छन ।

जनकपुरमा शुक्रबार राजपाले जुलुस सहित असोज ३ गते संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ।

देशका अन्य क्षेत्रमा समेत संविधान संशोधनको माग गर्दै प्रदर्शनहरु भएका छन ।

प्रकाशित मिति : आश्विन ३, २०७६ शुक्रबार  २ : १९ बजे