पोखरा । कास्कीको पोखरा महानगरपालिका ८ सिमलचौरबाट लागू औषधसहित चारजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा स्याङ्जा घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नं. ७ रत्नचोक बस्ने २८ वर्षको मनोज रेग्मी, पोखराका २८ वर्षीय राज बहादुर पौडेल, राजेश बहादुर पौडेल र २३ वर्षकी रोज कुँवर रहेका छन् ।
सोमबार कास्की जिल्ला प्रहरी कार्यालय र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
सिमलचौर स्थित प्रतिभा मार्गमा सवारी साधन चेकजाँच गर्दा ग १७ प ७२३४ नम्बरको मोटर साइकल र ग १४ प ३३५९ नम्बरको मोटर साइकलबाट केही ट्याब्लेट र मोवाइल दुई थान वरामद गरिएको छ ।
पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।