काठमाडौं । पुर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने नारायणघाट–बुटवल सडक खण्ड एक तर्फि रुपमा सुचारु भएको छ ।
नवलपरासी जिल्लाको (बर्दघाट सूस्ता पश्चिम) मा बदर्घाट नगरपालिका ४ अन्र्तगत पर्ने दाउन्ने जंगलको खुर्सानी खोला स्थीत पूर्वपश्चम राजमार्गमा सड्क भासिदा नारायणघाट–बुटवल सडक खण्ड बिहानै देखि बन्द पुर्ण रुपमा बन्द भएको थियो ।
अहिले प्रहरीको सहयोगमा एकतर्फी रुपमा बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिीमका सुचना अधिकारी डिएसपी बिरदत्त पन्तले जानकारी दिए । बिहान करीब ११ बजेबाट एकतर्फ रुपमा बाटो सञ्चालनमा आएपनि हिले दुई तर्फी रुपमा नै खुलाउने प्रयास भइरहेको उनले बताए ।
बिहान करीब ६ बजेको समयमा ३÷४ फिट जति बाटो भासिएपछि बाटो बन्द भएको थियो ।