बैतडीमा बस दुर्घटना हुँदा २१ जना घाइते, केहिको अवस्था गम्भिर



बैतडी-

बैतडीमा शनिबार बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएको इलाका प्रहरी कार्यालय पाटन बैतडिले जनाएको छ ।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।घाइते मध्य गम्भीर घाइते भएका सात जनालाई डडेल्धुरा जिल्ला अस्पताल लागिएको छ छ।गम्भीर घाइते हुनेहरुमा कञ्चनपुरको भिमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, लगायत रहेका छन ।

बसमा ३० जना यात्रु सवार रहेका थिए । बस सडकभन्दा १० मिटरमात्रै तल खसेको छ । बसका चालक फरार छन्। महाकाली यातायातको ना ४ ख ४०१९ नं को बस बैतडीको पाटन-मेलौली सडकखण्डको पाटन ६ लोर्खामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो ।

खाल्डाखुल्डीका कारण बसलाई छेउबाट चलाउन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ११, २०७६ शनिबार  ६ : ४६ बजे