पर्वतमा पहिरोले घर पुर्दा एक जनाको मृत्यु, एक बेपत्ता



पोखरा । पर्वतमा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् ।

प्रहरीले पहिरो पन्छाउने क्रममा ७६ वर्षीय छविलालको शव फेला पारेको छ ।

बेपत्ता उनकी श्रीमति विष्णुमतिको खोजी भइरहेको छ ।

मोदी गाउँपालिका–३ लाङ्दीका छविलाल विश्वकर्माको घरमाथिबाट आइतबार बिहान पहिरो खसेको हो ।

प्रकाशित मिति : श्रावण ४, २०८२ आइतबार  ९ : ३९ बजे