काठमाडौँ । स्थानिय बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको हो ।
चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।














