गोगोरो स्कुटरको ‘बाइब्याक ग्यारेन्टी’ कार्यक्रम सुरु, नेपालमै पहिलो पटक यस्तो सुविधा



काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को विश्वसनीयता र दीर्घकालीन मूल्यप्रति विश्वास थप बलियो बनाउने उद्देश्यका साथ गोगोरो स्कुटरको आधिकारिक पार्टनर नेब्युला इनर्जीले नेपालमै पहिलोपटक ‘बाइब्याक ग्यारेन्टी कार्यक्रम’ सुरु गरेको छ।

विद्युतीय दुईपांग्रे सवारीमा यस्तो कार्यक्रम ल्याउने गोगोरो पहिलो ब्रान्ड बनेको छ। कार्यक्रम साउन १९ गतेदेखि औपचारिक रूपमा लागू भएको हो।

कार्यक्रमले ग्राहकहरूलाई थप भरोसादिलाउँदै नेपालीबजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता पनिदेखाएको छ ।

यस कार्यक्रममार्फत गोगोरो स्कुटर खरिद गर्ने उपभोक्ताले ५ वर्ष वा ४०,००० किलोमिटर (जुन पहिला पुग्छ) अवधिभित्र आफ्नो स्कुटर गोगोरोलाई रु. १ लाखमा फिर्ता (बाइब्याक) दिन सक्ने छन्। यो सुविधाले विद्युतीय सवारीप्रति ग्राहकको भरोसा अझ बढाउने कम्पनीको विश्वास छ।

विद्युतीय सवारी साधनको प्रमुख चुनौती ब्याट्रीको क्षमतामा गिरावट हुनु हो। तर गोगोरोले यो समस्या समाधान गर्न ‘ब्याट्री स्वापिङ प्रविधि’ अपनाएको छ।सवारीधनीले ब्याट्री खरिद गर्नु पर्दैन, बरु गोगोरोले सञ्चालित स्टेशनमा पुरानो ब्याट्री साटेर नयाँ चार्ज गरिएको ब्याट्री प्रयोग गर्न सक्ने सुविधा दिइएको छ।

“गोगोरो नेपालको यातायातको भविष्यहो”नेब्युलाइनर्जीका जनरल म्यानेजर चिरञ्जीवीशाहले भने,“सुरुदेखि नै हामीले गरेको लगानीले यही प्रतिबद्धता झल्काउँदै आएको छ। हामीले काठमाडौंभर ४५ वटा ब्याट्री स्वापिङ स्टेसनको नेटवर्क निर्माण गरेपछि मात्र सेवा सञ्चालन सुरु गरेकाथियौं। आजहामी त्यो प्रतिबद्धतालाई अझ अगाडि बढाउँदैछौं।”

गोगोरोले बाइब्याक ग्यारेन्टीसँगै विशेष अफरहरू पनि ल्याएको छः

· दशैंअफरको सुरुवातः NAIMA मागोगोरोल दशैंविशेष स्किम पनि घोषणा गर्दैछ जसमा ब्याट्री स्वाप प्रणालीमा आउनचाहने ग्राहकलाई आकर्षक छुट र थप सुविधाहरू दिइनेछ।

· ब्याट्री स्वापलाइभ डेमोःआगन्तुकहरूले गोगोरोको छिटो, सजिलो र अत्याधुनिक ब्याट्री स्वापप्रविधिप्रत्यक्ष रूपमाअवलोकन र अनुभवगर्न सक्नेछन्।

· अप्टिमाइज गरिएको स्वाप स्टेशनप्रदर्शनःगोगोरोको काठमाडौंभरका ४५ वटा स्वाप स्टेसनहरूलाई अब अझ छिटो सेवा दिन र भरपर्दोबनाउन अप्टिमाइज गरिएको छ।

· अपग्रेड गरिएको JEGOस्कुटर प्रदर्शनःयहाँहरू हालसालै अपग्रेड गरिएको JEGO स्कुटरको सुरुमै अवलोकन गर्नेहरू मध्येमापर्न सक्नु हुनेछ किनकिअपग्रेड गरेपछि यो पहिलोपटक सार्वजनिक रुपमाप्रदर्शन हुँदैछ।

गोगोरोले पूर्वाधारमा गरेको लगानी, ग्राहककेन्द्रितप्रविधि, ब्याट्रीमा lifetimeग्यारेन्टी र  long–term value assurance  सहितको बलियो संयोजनमार्फत् नेपालमाविद्युतीययातायातको क्षेत्रमानयाँबेन्चमार्क बनाइरहेको छ।

प्रकाशित मिति : श्रावण २१, २०८२ बुधबार  ५ : १३ बजे