काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) ५३.०१ अंकले बढेको छ ।
यस दिन नेप्से परिसूचक १.९१ प्रतिशतले बढेर २८१९.१० विन्दुमा पूगेको हो । यस दिन सात अर्ब ६८ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बैंकिङ १.३८, फाइनान्स १.९८, होटल तथा पर्यटन १.६६, हाइड्रोपावर १.८५, लगानी २.१९, जीवन बीमा २.२१, उत्पादन तथा प्रशोधन २.६९, माइक्रोफाइनान्स १.०९, निर्जीवन बीमा १.६८, अन्य २.१४, व्यापार २.६८ प्रतिशत बढे ।विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । समता घरेलु लघुवित्तको ९.३६, ग्रिन भेन्चर्सको ८.०८, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ७.६०, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ७.२८, नेपाल माइक्रो इन्स्योरेन्सको ५.५३ तथा लुम्बिनी विकास बैंकको ५.२३ प्रतिशत मूल्य बढ्यो ।
आज २३२ कम्पनीको सेयरमूल्य बढेको छ भने १९ कम्पनीको सेयरमूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।














