काठमाडौं । स्थानिय बजारमा शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ६०० रुपैयाँ कायम भएको छ ।
यो हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।
बिहीबारको तुलनामा सुनको मूल्य एकैदिन तोलामा एक हजार २०० रुपैयाँले बढेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














