काठमाडौं । नेकपा ९एमाले०का उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेलाई कमजोर बनाउने खालका कुनैपनि काम गर्न नहुने बताएका छन् ।
शनिवार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले एमालेले राष्ट्रपति जस्तो सम्माननीत र गरिमामय पदमा पु¥याएकाले सो पार्टीलाई कमजोर बनाउने खालको गतिविधि पूर्वराष्ट्रपति भण्डारीले गर्न नहुने जिकीर गरे ।
उपमहासचिव ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारी भण्डारीको पदीय गरिमा र व्यक्तित्वलाई सम्मान गर्न पनि दलगत राजनीतिमा आउन दिन नहुने तर्क गरे । उनले संविधानले पनि राष्ट्रपति, उपराष्ट्रपति जस्ता राष्ट्रको अभिभावकको रुपमा रहेका व्यक्तिलाई दलीय राजनीतिमा फर्कन नमिल्ने परिकल्पना गरेको समेत दोहोर्याए। राष्ट्रपति भईसकेको व्यक्ति दलीय राजनीतिमा फर्कने कुराले पदीय गरिमाको पनि न्याय नहुने उपमहासचिव ज्ञवालीको भनाई थियो ।
उपमहासचिव ज्ञवालीले भने, राष्ट्रपति, उपराष्ट्रपति जस्ता उच्च ओहोदामा रहेका, जुन राष्ट्रको पनि एकदमै उच्च ओहोदा हो । जो गणतन्त्रका प्रतिकहरु पनि हुन । जहाँ जानका लागि पनि संविधानको धारा ६२ को उपधारा ६ हेर्नु भयो भने निर्वाचित भएको भएपनि, मनोनित भएको भएपनि वा नियुक्त भएको होस् । जुनसुकै जिम्मेवारीमा भएपनि त्यो पदमा निर्वाचित हुने वित्तिकै त्यो सबै पदहरुबाट स्वतह मुक्त हुने संविधानको धारा ६२ को उपधारा ६ ले त्यो भन्छ । एउटा साझा सबैको आग्रह भन्दा माथिको राष्ट्रकै अभिभावकको परिकल्पना सो संविधानले गरेको छ । हाम्रो लोकतान्त्रिक प्रणालीले गरेको छ । त्यो ओहोदामा रहनुभएका व्यक्तित्वहरु फेरि फर्केर पार्टी राजनीतिमा, जहाँ दलीय इन्ट्रेष्टहरु हुन्छन् । दल भनेकै आफ्नो निश्चित राजनीतिक स्वार्थ पूरा गर्नका लागि बनेको संस्था हो । त्यो ठाउँमा आउँदा त्यो संस्थाको पनि गरिमा र त्यो व्यक्तिको पनि गरिमाको पनि न्याय गर्दैन । त्यो उचित हुँदैन भन्ने निष्कर्षका साथ हामीले एउटा प्रणाली बसाल्न खोज्यौं । त्यो प्रणाली हामीले बसालेको हुनाले उहाँको सदस्यता नविकरण भएको थियो, थिएन रु भन्ने प्रश्न नै अव तपसिलको प्रश्न भयो । अव यो विषयमा आईरहेका विभिन्न टिकाटिप्पणीहरुलाई हामीले हरिरहेका छौं । हाम्रो सम्माननीय पूर्व राष्ट्रपतिज्युप्रतिको सम्मान, आदरभाव र उहाँको योगदानप्रतिको उच्च मूल्यांकन यथावत नै छ । जुन पार्टीबाट, जुन संस्थाबाट जुन जमिनमा टेकेर हामी त्यो ठाउँमा पुगेका हुन्छौं । आफ्नो कुनै निश्चित चाहना पूरा भएनन् भने फर्केर त्यही संस्थालाई कमजोर गर्ने गरी कुनै पनि काम कसैले पनि गर्नु हुँदैन भन्ने कुरा हामीलाई थाहा छ । हामी उहाँलाई सिंगै देशको अभिभावकको रुपमा देख्न चाहन्छौं ।ु
उपमहासचिव ज्ञवालीले आगामी महाधिवेशनमा पनि पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नभएको पनि दाबि गरे। ओलीलाई पार्टीको नेतृत्वमा निरन्तरता दिने कुरामा पार्टी भित्र कुनै विवाद नरहेको पनि उनले बताए ।










