चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए



काठमाडौँ । काठमाडौंको चुच्चेपाटीमा रहेको भाटभटेनी सुपर स्टोरमा ६ वटा शव भेटिएको छ ।

जेनजी आन्दोलनका क्रममा भाटभटेनी लगायत देशका विभिन्न स्थानमा रहेका सरकारी र निजी संरचनाहरुमा आगजनी र लुटपाट भएको थियो ।

आइतबार बिहान ६ वटा शव जलेको अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले जानकारी दिए।

प्रकाशित मिति : भदौ २९, २०८२ आइतबार  ११ : ३५ बजे