सर्वोच्चले दिन थाल्यो सेवा, पाल टाँगेर बन्दीप्रत्यक्षीकरण र अत्यावश्यक सुनुवाई सुरु



काठमाडौँ । सर्वोच्च अदालतले परिसरमा पाल टाँगेर सेवा दिन सुरु गरेको छ। गत मंगलबार भएको जेनजी आन्दोलनका कारण भवन क्षतिग्रस्त भएपछि पाल टाँगेर पालभित्र इजलास गठन गरी सेवा प्रवाह सुरु गरिएको हो।

आगजनीबाटसर्वोच्च अदालतका ८५५ मिसिल जलेर नष्ट भएका छन्। अदालतमा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटसमेतका घटनाका कारण यस अदालतको अधिकांश भौतिक संरचना, इजलासहरू, चालु मुद्दा तथा अभिलेख मिसिल, सूचना प्रविधि प्रणालीसमेत क्षतिग्रस्त भएको छ।

जसकारण हाल अदालतको नियमित कामकारवाहीहरू अवरूद्ध भएको छ। हाल तत्कालका लागि बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक बाहेकका अन्य सेवा सुरु भएकोमा त्यसबाहेक अन्य सेवा प्रवाह गर्न नसकिने अदालत प्रशासनले जनाएको छ।

यस्तै अदालतका नियमित अन्य सेवा प्रवाह नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने पनि बताइएको छ।

प्रकाशित मिति : भदौ २९, २०८२ आइतबार  ६ : ५९ बजे