काठ्मण्डौ-
नेपाली कांग्रेसले आगामी आइताबार पार्टी कार्यलय बिपी नगर सानेपामा दशै,तिहार र छट लगायतका चाडबाडहरुको अबसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ ।
कांग्रेसले २०३४ सालदेखी हरेक बर्ष दशैको कोजाग्रत पुर्णिमाको दिन निरन्तर यो कार्यक्रम आयोजना गर्दै आएको छ । कुनै घटनाका कारण आइ पर्ने बिशेष परिस्थिती बाहेक कांग्रेसले यो कार्यक्रम हरेक बर्ष कोजाग्रत पुर्णिमाकै दिन आयोजना गर्ने गरेको छ । गत बर्ष नेपाली कांग्रेसका पुराना नेता चक्र बास्तोलाको निधनका कारण चियापान कार्यक्रम कोजाग्रत पुर्णिमा भन्दा पछी सारिएको थियो ।
कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कांग्रेस केन्द्रिय कार्यलयका मुख्य सचिब कृष्ण प्रसाद पौडेलले न्यू सञ्चारलाई बताए ।यस पटकको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा २० हजार भन्दा बढीलाई निमन्त्रणा पठाइएको मुख्य सचिब पौडेलले बताए ।
नेपालमा रहेका सबै देशका राजदुतहरु, अन्य कुटनितिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु , कांग्रेस बाहेक अन्य सबै राजनितिक दलका केन्द्रिय समिती पदाधिकारी तथा सदस्यहरु, उधोगी ब्यबसायीहरु, समाजका अगुवा, मानवाधिकारकर्मी, कलाकार ,बुद्दिजिबी र लेखक तथा साहित्याकारहरु,एबम बिभिन्न पेशागत ब्यक्तित्वहरुलाई कार्यक्रममा आमन्त्रण गरिएको छ ।
कार्यक्रममा ४० हजार भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।आइतबारको चियापान कार्यक्रमलाई काठ्माण्डौ, ललितपुर र भक्तपुर कांग्रेसका जिल्ला कार्य समितिहरुले सहयोग र समन्वय गर्ने बताइएको छ ।गत सालबाट काठ्माण्डौ बाहिरका सबै जिल्लाहरुमा समेत चियापान कार्यक्रम गर्न थालिएको छ ।
पञ्चायती शाषन कालामा नेपालमा बस्ने अवस्था नभएका कारण भारत प्रबासमा रहेका नेपाली कांग्रेसका संस्थापक नेता महामानब बिपी कोइराला २०३३ सालामा राष्ट्रीय मेलमिलापको निती लिएर स्वदेश फर्किएपछी कांग्रेस बाहेकका अन्य दलका नेताहरु र देशका सबै महत्वपूर्ण ब्यक्तीहरुलाई आमन्त्रण गरेर २०३४ सालामा पहिलो पटक दशैको कोजाग्रत पुर्णिमाका दिन शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेका थिए ।
संस्थापक नेता बिपी कोइराला पछिका शभापतीहरु कृष्ण प्रसाद भट्टराइ,गिरिजा प्रसाद कोइराला , शुसिल कोइराला र बर्तमान शभापती शेर बहादुर देउबाले बिपिले शुरुवात गरेको उक्त चियापान कार्यक्रमलाई निरन्तरता दिए सगै उक्त कार्यक्रम अहिले सम्मनै निरन्तर हुँदै आएको छ ।
हरेक कोजाग्रत पुर्णिमाका दिन चियापान कार्यक्रम मार्फत दशै तिहार छट लगायत सबै चाड पर्बहरुको शुभकामना आदान प्रदान कांग्रेसको राजनितिक संस्कृति बनी सकेको छ ।








