चिनियाँ राष्ट्रपति सी र सत्तारूढ नेकपा सचिबालय सदस्यहरुबिच छलफल



काठमाडौं २६ असोज –

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सत्तारूढ नेकपाको टोलीबीच छलफल भएको छ ।

नेकपा अध्यक्ष प्रचण्डको नेतृत्वमा सचिवालय सदस्यहरू र राष्ट्रपती सि बिच १०: ३० बजेदेखि होटल सोल्टीमा करिब आधाघण्टा भेटघाट भएको हो ।नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय सदस्यहरू र राष्ट्रपति सीबीचको भेटवार्तामा कम्युनिष्टपार्टीबीचको सम्बन्धका विषयमा छलफल भएको बताए । उनले यसअघि भएको सहमति कार्यान्वयनका विषयमा पनि कुराकानी भएको बताए ।

सचिवालय सदस्यहरूसँगको भेटवार्ता सकिएपछि राष्ट्रपति सी र अध्यक्ष प्रचण्डबीच वान टु वान भेटवार्ता छलफल समेत भएको छ ।

दुई दिने नेपाल भ्रमण सकेर राष्ट्रपति सी आइतबार दिउँसो १ बजे चीन उड्ने छन्।

प्रकाशित मिति : आश्विन २६, २०७६ आईतबार  ६ : १६ बजे